नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजीकर्जा मार्गदर्शन २०७९ को खारेजीको माग गर्दै बाराका ब्यपारी आन्दोलित , बैंकको निति नियम र ब्याज सम्बन्धि संर्घष समिति गठन

रामबाबु मेहता, ६ पुष ।
बाराका व्यवसायीले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजीकर्जा मार्गदर्शन २०७९ को बारे कलैयामा रहेको वाणिज्य बैंक,नेपाल बैंक लिमिटेड लगायत बिभिन्न बौकका प्रतिनिधिहरुलाई बोलाएर बैंकहरुले लिदै आएको चर्को ब्याज खारेजीको माग राख्दै गर्दै कलैया स्थित उधोग वाणिज्य संघमा विशेष छलफल गरेको छ । उक्त छलफलमा बैकले जारी गरेको चर्को ब्याजलाइ घटाउन राष्टबैंकलाइ दबाव दिन का लागि बुधवार बारा उधोग वाणिज्य संघका उपाध्यक्ष प्रदिप साहको संयोजकत्वमा १३ सदसिय राष्ट्र बैंकको निति नियम र ब्याज सम्बन्धि संर्घष समिति गठन गरेको छ । समितिको सदस्यमा अजय कुमार, शिवजी प्रसाद यादव,मन्तोष कुमार चौधरी,दिपलाल प्रसाद साह, उमराउती देवी साह,धनीलाल साह,राज कुमार सर्राफ,बृजकिशोर साह,शशिभुषण प्रसाद केशरी,मुकेश कुमार गुप्ता,बबिता जयसवाल र शोभा सर्राफ रहेका छन् । उक्त संर्घष समितिले राष्ट्र बैंकको निति नियम र ब्याज सम्बन्धि संर्घषका कार्यक्रमहरु त्यगर्ने छ । यस्तै बारामा केही दिन देखि जितपुर सिमरमका ब्यपारीहरुले निरन्तर आन्दोलन गदै आएको छ ।
आन्दोलनलाई निरन्तरता दिएका छन । जीतपुरसिमरा नगर उद्योग बाणिज्यको अगुवाईमा भैरहेको आन्दोलनको क्रममा बाराको डुमरवानमा व्यवसायीले कर्जा मार्गदर्शन खरेजको माग गर्दै मंगलवार हस्ताक्षर संकलन गरेका थिए ।
हस्ताक्षर संकलन कार्यक्रमलाई सम्बोधन गर्दै जितपुर सिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले राष्ट्र बैंकको मार्गदर्शनले साना व्यवसायी मारमा परेको बताउनुभयो । ‘मार्गदर्शन आएसँगै बैंक वित्तीय संस्थामा कर्जाको ब्याज दर बढेको छ । हिजो कमाईको केही अंश ब्याज तिर्ने व्यवसायीहरु आज कमाएको सबै रकम ब्याजमा तिर्न बाध्य बनेका छन् । जस्का कारण साना व्यवसाय धरासायी हुने अवस्था आएको बताउनु भएको छ ।
कोरोना महामारीबाट आर्थिक अभाव खेपीरहेका व्यवसायीलाई राष्ट्र बैंकको मार्गदर्शन गलपासो बनेको नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले गुनासो गर्नुभयो । महासचिवगिरीले भन्नुभयो, ‘व्यवसाय बन्द गरेर सडकमा आउनु विकल्प देखिएन । राज्यले समस्याको छिटो उचित समाधान गरोस् भन्न चाहन्छौं । उहाँले भन्नुभयो हामी साना व्यसायी महँगो कर्जा चलाउन सक्दैनौं । बैंकलाई निर्दयीढंगले परिचालन गर्ने राष्ट्र बैंकले हाम्रा समस्या बुझिदियोस् भन्ने चाहन्छौं ।’
हस्ताक्षर संकलन कार्यक्रममा सहभागी व्यवसायीहरुलाई कोरोना महामारी, आर्थिक मन्दी, त्यसमाथि कर्जामा गरिएको ब्याज वृद्धिले समस्या बनाएको बताउनुभयो । यही अवस्था रहिरह्यो भने आफूहरु व्यवसाय छाडेर अन्यत्र पलायन हुनपर्ने दिन आउनसक्ने उहाँले बताउनुभयो ।
व्यवसायीहरु संकटमा परेको बताउदै समस्या समधान गर्ने बारेमा राज्यले समयमै ध्यान दिर्नुपर्ने अर्का व्यवसायी प्रदिप चौधरीले बताउनुभयो । जिल्लाका विभन्न ठाउँबाट संकलित हस्ताक्षर राष्ट्र बैंकका गर्भनर, संघीय सरकारका अर्थमन्त्री र प्रधानमन्त्रीलाई बुझाइने नगर उद्योग बाणिज्य संघका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
