महिला तथा बालिका बिरुद्ध हुने हिंसा सम्बोधनका लागि सिफारिस प्रणाली सम्वन्धी सरोकारवालाहरुसँग परामर्श

कलैया – साउन, ६ । महिला तथा बालिका बिरुद्ध हुने हिंसा सम्बोधनका लागि सिफारिस प्रणाली सम्वन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ।

संरक्षण नेपालको संयोजनमा सम्पन्न उक्त अन्तरक्रिया बाराको कलैया स्थित उधोग वाणिज्य संघको सभाहलमा मंगलवार सम्पन्न भएको हो ।


जिल्लाका विभिन्न एनजिओ र सरोकारवालाको सहभागितामा PANAV FWLD सहयोग र कलैया उप महानगरपालिकाको समन्वयमा महिला तथा बालिकाको सवालमा बृहत छलफल भएको बताईएको छ।
सो कार्यक्रमा सहजिकरण पारश साहले गरेका थिए भन्ने सञ्चालन संरक्षण नेपालका बृजमोहन कुश्वाहाले गरेका थिए।

महिला हिंसा र बालिकाका बिरुद्ध हुने हिंसा न्युनिकरण र सम्बोधनका लागि निर्देशिका तय गर्ने बहस भएको हो।
सो कार्यक्रममा विभिन्न कोणबाट उठेका कुराबारे अगामी रणनिति बनाउन सहभागि नेहा गिरी , उमाशंकर कुश्वाहा, रोशनी लगायतकाले आ- आफ्ना विचार र दृष्टिकोण राखेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close