सरकारले राप्रपालाई दियो चेतावनी, संविधान र कानुनको उल्लङ्घन गरे कारबाही हुन्छ

 

सरकारले राप्रपालाई दियो चेतावनी, संविधान र कानुनको उल्लङ्घन गरे कारबाही हुन्छ
बैशाख  ६, 

कलैया । गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैर कानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानुनबमोजिम कारबाही हुने ब्यहोरा सूचित गरिन्छ ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close