भारी मत्रामा गाँजा बोकेको गाडी सहित १ भारतीय पक्राउ

शुभम सन्देश
बारा प्रहरीले भारी मत्रामा गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजबाट २७० किलोग्राम प्रतिबन्धित गाँजा सहित एकजना भारतिय युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ट्रकका चालक भारतको बिहार राज्य थाना रामगढवा, ग्राम धनारदिउली बस्ने अन्दाजी वर्ष १९ को अन्तोस कुमार गिरी रहेको प्रहरीले जनाएको छ ।
नारायणगढबाट पथलैयातर्फ आउदै गरेको भारतीय एन एल ०१ एन ३०६३ नम्बरको भारतीय ट्रकलाई शंकाको अधारमा रोकेर जाँचगर्दा सो ट्रकको क्याबिन भित्र बक्स बनाएर लुकाई छिपाई राखेको लागू औषध गाँजा बारामद भएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
लागूऔषध र ट्रक सहित नियन्त्रणमा लिएको गिरीलाई लागु औषध ओसारपसार मुद्धामा जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनायो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close