बारामा साहुले ४ लाखको २४ लाख माग्दा छोराको ज्यान गएको बाबुको आरोप

- शुभम सन्देश,
बाराको सिम्रौनगढ नगरपालिकामा मिटर ब्याजी साहुले ४ लाखको २४ लाख माग्दा तनाव सहन नसकेर गत शनिबार वडा नम्वर ८ कचोर्वा गाउँमा एकजनाको ज्यान गएको मृतक परिवारको आरोप रहेको छ । ज्यान जानेमा सिम्रौनगढ नगरपालिका वाडा नं ८ का २८ वर्षिय अजय यादव रहेको स्थानियहरुले जनाएको छ ।
२०७३ साल पुष १ गते आफनो बुबाको क्यान्सरको उपचार गराउनका लागि मृतक अजय यादवले सोही गाउँटोल बस्ने राजेश्वर साह कलवार संग आफनो डेढ कठ्ठा जग्गा रजिष्ट्री पास गरी ४ लाख रुपैया लिएको थियो । पछि बुझदा साहुले त डेढ कठ्ठा को ठाउँँमा सात किता जग्गा नाममा गराएको रहस्य खुल्यो । ऋणीले समय समयमा ब्याज दिदा पनि मिटर ब्याजको हिसाबले दिनानु दिन ब्याज बढदै जादा ब्याज चुक्ता गर्न पटक पटक साहुले ऋणीलाई मान्सिक तनाव र जगा नदिने धम्की समेत दिदै आएको मृतकका बाबु राजेन्द्र यादव बताउछन ।
साहु जयसवाल नेपाल प्रहरीमा सहायक प्रहरी निरिक्षक भएर अवकाश प्राप्त छन् । बीच बीचमा आफनो पुरानै पारामा तिमिलाई जेल पठाउछु , खेत जगा जमिन आफ्नो नाममा गराउछु भन्दै बिभिन्न किसिमको टचर प्रेशर दिई दिदै आएको मृतकका भाई शिवनाथ यादव बताउछन् । सोही लेनदेनको विषयमा वडा नम्वर ८ का वाडा अध्यक्ष राम दिनेश यादव नजिक बसेर छलफल गर्न गएका साहु राजेशवर र ऋणी अजय यादवले हिसाब बुझदा ४ लाखको ब्याज समेत सात वर्षमा २४ लाख पुरयाएकोमा ऋणीको होस उडयो तत पश्चात घरपुग्दै यादवले ऋणको भार सहन गर्न नसकेर अचानक उनको मृत्यु भएको स्थानिय संदिप यादवले जानकारी गराएको छ ।
यता साहु संग यस विषयमा बुझदा आफुहरु लेनदेको बारेमा छापलफ गरि पुन्ह अर्को दिन बस्ने गरि घरपुगे पछि यादवको मृत्यु भएको खबर म पनि सुने र चकित भए ,तर म आफनो पैसा उनसंग माग्दै आएको सही कुरा हो तर धाक धम्की चाही नदिएको बताएका छन् । एक वर्ष पहिला विहे भएका अजय यादवको पुरै परिवार हाल बेसाहारा भइ बिचलिमा परेका छन । उक्त घटना बारे आफुहरुलाई कुनै जानकारी नरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जनाएका छन् ।






