बारा प्रहरीलाइ चुनैति दिदै भारतीय नागरिकलाइ गोली प्रहार गरी हत्या

रामबाबु मेहता, पुष— ९
अपराधी गतिबिधिलाई नियन्त्रण गर्न सफल भइसकेको बारा प्रहरीको चर्चा चारैतिर भईरहेको बेला तिहार पछि बारा प्रहरीलाई अपराधि मान्सिक्ताका ब्यक्ति र बिभिन्न समुहले एक पछि अर्का अपराध गर्न थालेका छन । केही दिन अगाडी कलैया बजारमा पसलका चोरी, यूवाहरुद्धार आत्महत्यामा बुद्धी हुनु, भारतिय नम्बर पलेटका मोट् साइकल र चार चक्का दिनहु भाडामा कुदनु, केही दिन अगाडी महागढी माई नगरपालिकाको कंचनपुर गाउँमा एक किसानको घरमा चोरी लगायतका घटना संगै शुक्रवार साझ करिब साढे ५ बजे महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै एक भारतीय नागरिकलाई गोली प्रहार गरी हत्या गरिएको छ । होटेलमा बसेर खाजा खाँदै गरेको अबस्थामा भारत बिहार मोतिहारी जिल्ला छौडादानो इलाका अन्र्तगत पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यादवलाई गोली प्रहार गरि अपराधीहरु फरार भएको छ । घाइते यादबको उपचारको क्रममा बिरगन्ज स्थित न्यूरो अस्पतालमा मृत्यु भएको जनाइएको छ । जिल्लाका प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले यादब हिजोमात्र आफन्तको घरमा आएका र अपराधिक गतिबिधिमा सम्लग्न भएको देखिन आएकोले रिसिबीको कारण हत्या भएको हुन सक्ने प्रारम्भिक छानविनमा देखिएपनि थप विवरण छानविन पछि आउने बताउनु भएको छ । यादबसगै आएको थप दुईलाई पक्राउ गरी अनुसन्धान भई रहेको बोगटीले बताउनु भयो ।
यादवको छातीमा गोली लागेको छ । २ वटा मोटरसाईकमा ५ जनाको समुहमा आएका व्यक्तिहरुले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकोछ । मोटरसाइकलमा आएका २ जनामध्ये एक जनाले गोली प्रहार गरी फरार भएका थिए । घटनाबारे अनुसन्धान सहित गोली हानी फरार भएकाहरुको खोजी तीव्र पारिएको प्रहरीको तर्क रहेको छ । घटनापछि त्यस क्षेत्र र सीमा नाकामा व्यापक प्रहरी परिचालन गरिएको छ ।
कलैया — बरियारपुर सडक खण्डको श्री स्वस्तानी पेट्रोल पम्प नजिक रहेको बाबानायक नामका व्यक्तिको होटेल नजिक उक्त घटना भएको हो । मृतक यादव महागढीमाई नगरपालिकाकै बरियारपुरमा मामा पर्ने एक आफन्त कहाँ एक दिन अघिमात्र आएका थिए ।
तिहार पछि चुनाव सकिन्न बितिकै बारामा पुन्ह यस्ता अपराधिक गतिबिधि बढदै गइरहेकोले बारा प्रहरीलाई नागरिकको सुरक्षाको सवालमा चुनौति थपिदै गएको छ ।






