सिम्रौनगढमा नकली नोट सहित भारतिय यूवा पक्राउ

रामबाबु मेहता-
बाराको सिम्रौनगढमा नकली नोटको कारोबार गर्ने एक यूवक पक्राउ परेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पिपराकोठी थाना बस्ने अ.बर्ष २५ को रंजित कुमार मुखिया रहेको प्रहरीले जनाएको छ ।
बिशेष सूचनाको आधारमा विहिवार जिल्ला प्रहरीकार्यालय बाराबाट प्रहरी नायब निरिक्षक श्याम प्रकाश यादवको कमाण्डमा खटिएको प्रहरीको टोलिले सिम्रौनगढ नगरपालिकाको वडा न.०५ कनकपुर गाउँ नजिक रोकीराखेको नम्बर प्रस्ट नबुझिने क्ए क्ज्क्ष्ल्भ् मोटर साइकल चालक मुखियालाई चेकजाँच गर्दा उसको साथ बाट ९ वटा गड्डीमा रु.एक हजारको आठ सय पन्चानबे थान जम्मा रु.आठ लाख पन्चान्बे हजार नेपाली नक्कली नोट,एक थान मोबाईल, बरामद भएको थियो । बरामद भएको नकली नोट मो.सा.र मोबाईल सहित मुखियालाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी गराउनु भएको छ ।





