मधेश सरकारबाट काङ्ग्रेस आउट एमालेको इन्ट्री

रामबाबु मेहता – मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसङ्गै नेपाली कङ्ग्रेस सरकारबाट आउट भएको छ । एमालेले चार मन्त्रालय र एक राज्य मन्त्री गरि पाँच मन्त्री पाउने सम्झौता अनुसार एमालेका मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका सरोजकुमार यादवले भौतिक पुर्वाधार बिकास मन्त्रत्रालयको जिम्मेवारी सम्हालेका छन् ।
एमालेको इन्ट्रीसङ्गै काङ्ग्रेसबाट मन्त्री रहेका भौतिक पुर्वाधार बिकास मन्त्री कृष्णकुमार यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरेन्द्र सिंह र गृह तथा सञ्चारमन्त्री मोहम्मद सलिमलाई भने बर्खास्त गरिएको छ ।
मन्त्री बन्ने बिषयमा एमाले भित्र बिवाद हुँदा सरोजकुमार यादवले मात्रै सपथसङ्गै भौतिक पुर्वाधार बिकास मन्त्रीको रुपमा पदभार ग्रहण गरे । उनले प्रदेशको ६४ वटै निर्वाचन क्षेत्रमा पाँच किलो मिटरसम्म कालोपत्रे सडक निर्माण गर्ने योजना रहेको नवनियुक्त भौतिक पुर्वाधार बिकासमन्त्री यादवले बताए ।
यस अघि पनि उनी भौतिक पुर्वाधार बिकासमन्त्री थिए । एमाले संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले आजै पद तथा गोपनीयताको शपथ गराएकी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close