राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जनकपुरमा प्रदर्शन

जनकपुरधाम,
नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तराई मधेस लोकतान्त्रिक पार्टीले आइतबार जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।
जनकपुरधामस्थित जनक चोकमा तमलोपा धनुषाले ‘विभेदी मानसिकताको खोल पोल’ भन्दै नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाब दिने उद्देश्यले विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ता बनेको आरोप लगाउँदै तमलोपाका कार्यकर्ताहरूले उनको विरोधमा चर्का नाराबाजी समेत गरेका छन् ।
तमलोपाकी नेतृ विभा ठाकुरले पछिल्लो पटक जस्तै यस पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्दैन भने आफूहरूलाई शंका लागेको कारण आन्दोलन गर्नु परेको बताइन् । उनले यसपटक पनि प्रकाणिकरण भएन भने कडा रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिइन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस






