चार लाखको अट्ठाइस लाख चुक्ता, थपियो पैँतालिस लाख

बारा, फागुन १९ गते ।
आदर्शकोतवाल गाउँपालिका–६ का रुपेश कुशवाहाले २०६० साल पुस २० गते लिएको चार लाख रुपियाँ ऋणको २८ लाख रुपियाँ भुक्तानी गरे पनि साहुले थप ४५ लाख रुपियाँ मागेपछि कुशवाहा परिवारको बिचल्ली भएको छ ।
कुशवाहाले २०६० साल पुस २० गते साढे ३२ कट्ठा जग्गा धितो राखी दुई लाख र २०६७ साल असार २ गते ९कट्ठा १७ धुर धितो राखी थप दुई लाख गरी सिम्रौनगढ नगरपालिका–८, कर्चोवा टोलका साहु जैसीलालप्रसाद कलवारसँग जम्मा चार लाख रुपियाँ ऋण लिनुभएको थियो । साहु कलवारसँग चार लाख रुपियाँ ऋण फिर्ता गरेपछि जग्गा फिर्ता हुने सहमति पनि गरिएको थियो ।
ऋणसहितको पैसा फिर्ता गर्न साढे दुई बिघा जमिनमध्ये २३ कट्ठा जग्गा बिव्रmी गरी २८ लाख ४४ हजार रकम साहु कलवारले लिएपछि सोही मितिमा १० कट्ठा जग्गा फिर्ता दिएको पीडित कुशवाहाले बताउनुभयो । साहु कलवारको नाउँमा धितोस्वरूप दर्ता रहेको १७ कट्ठा जग्गा थप नौ लाख रुपियाँ रकम दिएपछि फिर्ता गर्ने स्थानीय भद्रभलादमीबिच सहमति बनेको थियो । सोही अनुसार जग्गा फिर्ता पाउन रकम दिन लाग्दा साहु कलवारले आनाकानी गर्दै आएको पीडित कुशवाहाको भनाइ छ ।
साहु कलवारसँग लेनदेन गरेको सबै प्रमाण आपूmसँग सुरक्षित रहेकाले मिटरब्याजीको अनुसन्धानमा खटेका अधिकृतलाई देखाउँदा आफ्नो जग्गा फिर्ता पाउने भनेपछि न्याय मिल्ने आसमा रहेको कुशवाहाकी दिदी नगिताकुमारी बताउनुहुन्छ । यस विषयमा जानकारी लिन खोज्दा साहु जैसीलालप्रसाद कलवारले कुरा गर्न चाहनुभएन । सभार गोर्खापत्र दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close