जसपाका पुर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व सांसद प्रमोद साह नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। सर्लाहीको मलंगवामा आयोजित जनतासँग माओवाद, तराई-मधेस जागरण अभियान अन्तर्गतको जनसभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई पार्टीमा स्वागत गरे।

साह २०७४ सालको आम निर्वाचनमा सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। साथै, २०७८ सालदेखि जसपाको प्रमुख सचेतकको भूमिकामा रहेर उनले मधेसको मुद्दा उठाउँदै आएका थिए। साहले माओवादी नै किन रोजे
पार्टी प्रवेशपछि प्रमोद साहले माओवादी केन्द्र नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रमुख पक्षधर भएकाले आफूले यही दल रोजेको बताए। उनका अनुसार, माओवादीले उत्पीडित समुदायलाई न्याय र समान अधिकार दिलाउने विश्वास दिलाएकाले अब आफू यसै आन्दोलनको हिस्सेदार बनेको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

ट्रेन्डिङ

Close
Back to top button
Close