बाराको प्रसौनीमा क्यान्सर सचेतना र निशुल्क भीआईए स्क्रिनिङ् शिविर सम्पन्न

बारा, नवगठित सात्विक फाउण्डेशनको आयोजनामा क्यान्सर सचेतना र निःशुल्क भीआईए स्क्रिनिङ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ७ बन्जरीयास्थित श्री नन्दलाल कन्चन आधारभूत विद्यालयमा फाउण्डेशनका अध्यक्ष रेडियोलोजिस्ट डा. नीरज कुशवाहा नेतृत्वको टोलीले क्यान्सर सचेतना तथा निःशुल्क भीआईए स्क्रिनिङ स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
फाउण्डेशनकी सदस्य एवम् स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. चाँदनी पाण्डेले शिविरका क्रममा ३५ जनाको भीआईए स्क्रिनिङ गर्दा ६ जनामा क्यान्सर पोजेटिभ र ७ जना शङ्कास्पद अवस्थामा भेटिएको अध्यक्ष डा. कुशवाहले जानकारी दिए ।
वडा कार्यालयसँगको सहकार्यमा फाउण्डेशनले आयोजना गरेको शिविरमा पोजेटिभ भेटिएकाहरूलाई आगामी उपचारका बारेमा सुझाव दिइएको छ । आगामी भविष्यमा थप यस्ता कार्यक्रमहरू आफ्नो संस्थाले निरन्तर जारी राख्ने फाउण्डेशनको योजना छ । यसअघि फाउण्डेशनले बाराकै महागढीमाई नगरपालिकामा पनि यही शिविरको आयोजना गरेको थियो ।