लागुऔषध अफिम सहित २ जना प्रहरीको नियन्त्रणमा

रामबाबू मेहता , फागुन २१ । बारा प्रहरीले आज बेलुका ३ बजे लागू औषध अफिम सहित दुई जनालाई नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले आफ्नै कार्यालय अगाडि नियमित रुपमा चेक प्वाईन्टमा हेटौंडाबाट वीरगँज तर्फ जादै गरेको मोटरसाइकलमा सवार दुई जनालाई लागु औषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वाडा न १ बस्ने वर्ष २७ का सुनिल मोक्तान र पछाडी सवार सोही जिल्ला को भिमफेदी गा.पा वाडा नम्बर ३ बस्ने वर्ष २० का हर्क रुम्बा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनिहरुले चलाउदै गरेको बा.प्रदेश ०३-००३ प ३१२६ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी चेक जाँच गर्दा सिटमुनी लुकाई छिपाई लगी रहेको २ किलो ४१ ग्राम लागू औषध अफिम जस्तो पदार्थ वरामद गरी नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प् डीएसपी बिजय राज पन्डित्ले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close