केपी ओलीले ‘सेटिङ’ का लागि दबाब दिएका थिए : दाहाल

दाङ ,पुस १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार आफ्नै भारीले थिचिएर ढल्ने बताएका छन्। प्रेस सेन्टर नेपालले आज  दाङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले सरकार गिराउनका लागि माओवादी नलागेको बताए। ‘यो सरकार गिराउनका लागि माओवादी लागेको छैन, यो आफ्नै भारीले थिचिएर ढल्छ,’ दाहालले भने ‘सरकार प्रति कांग्रेस एमाले भित्रकै नेताहरुको असन्तुष्टिले यसको पुष्टि गरिरहेको छ।’आफूहरू सरकार ढाल्ने प्रयासमा नरहेको भन्दै दाहालले वर्तमान सरकार २०८४ सालसम्मै टिके माओवादीलाई फाइदा हुने समेत बताए। ‘यो गठबन्धन २०८४ सम्मै कायम रहे माओवादीलाई फाइदा हुन्छ,’ दाहालले भने, ‘तर सत्य के हो भने सरकार लामो समयसम्म जान्न, हामीले सरकार ढाल्नका लागि केही गर्नै पर्दैन।’

माओवादी अहिले पार्टी बलियो बनाउने अभियानमा रहेको भन्दै दाहालले आगामी निर्वाचन माओवादी एक्लै भिड्ने समेत बताए। उनले माओवादी अब कसैको बैसाखी नबन्ने बताए। ‘उनले माओवादी अब कसैको बैसाखी नबन्ने बताए। ‘माओवादी एक्लै चुनावमा जान्छ, लड्छ,’ उनले भने, ‘माओवादी अब कसैको बैसाखी टेक्दैन, बैसाखी टेकाउने जात हो माओवादी।’

यसैगरी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सेटिङका लागि आफूलाई दबाब दिएको बताए। तर आफूले ओलीका सेटिङलाई अस्वीकार गरेको भन्दै उनले यही अस्वीकारका कारण आफूविरुद्ध ओलीले सत्ताको गोटी चालेको समेत बताए।देशमा विभिन्न सेटिङहरू हुन्छन्, म प्रधानमन्त्री हुँदा मैले यस्ता सेटिङका बारेमा धेरै बुझेको छु,’ दाहालले भने, ‘अहिलेका प्रधानमन्त्रीले मलाई सेटिङका लागि दबाब दिए, तर मैले अस्वीकार गरेँ, मैले अस्वीकार गरेकै कारण सरकारबाट हटाउने खेल ओलीले गरेका थिए।’

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close