जितपुर सिमरामा ५५ सदस्यीय Y C L को समिति गठन

बारा, बैशाख २७ ।बाराको जितपुरसिमरा उपमहानगर पालिकामा आज कम्युनिस्ट लिग (YCL)नेपालको दोस्रो सम्मेलनबाट सर्बसम्मत तरिकाले प्रदीप लामिछाने अध्यक्षतामा ५५ सदस्यीय नगर समिति गठन भएको छ । समितिको उपाध्यक्ष राजन थिङ , बिमा कुमारी वाइबा, सन्जय राम र सचिव मा सुनिल थापा लाई जिम्मेवारी दिइएको छ । यस्तै सहसचिवमा सुकुमाया बि.क.उमर हसन मन्सुरी र सुशान्त तामाङ रहेका छ्न यसैगरि कोषाध्यक्ष योगेन्द्र चौधरी रहने गरि ५५ सदस्यीय समिति गठन भएको माओवादी केन्द्र बाराका इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल) ले जानकारी गराए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




