आयोजकलाई स्तब्ध पार्दै पुलिस सेमीफाइनलमा

सिमरा, २८ चैत्र
विभागीय टोली नेपालपुलिस क्लबजगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमाप्रवेश गरेको छ ।
बुधबार रातीसिमरा रङ्गशालामाभएको क्वाटरफाइनलमापुलीसले आयोजकनवजनजागृतीयुवाक्लबसिमरालाई घरेलु मैदानमा स्तब्धबनायो । आयोजकलाई २–१ गोल अन्तरले पाखालगाउँदै पुलिसले अन्तिम चारमाआफ्नो स्थान सुरक्षित गरेको हो ।
पुलिसको जीतमादुबै गोल उज्वल राईले गरेका थिएभने आयोजक टिमका लागिमोहित गुरुङले पेनाल्टी गोल गरेका थिए ।
खेलको तेश्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रताबनाएको थियो । आयोजकको समर्थनमासिमरा रङ्गशालामाउपस्थितकरिब ८ हजार घरेलु दर्शकलाई निराशपार्दै पुलिसकालागिउज्वल राईले उत्कृष्ट शुरुवात गरेका थिए । राईट कर्नर एरियाबाट आयोजकका डिफेण्डर बिट गर्न सफल सुजन मगरको पासमाउज्वलले गोल गरेका थिए ।
शुरुवातीदबाबमा परेको आयोजकखेलको पाँचौ मिनटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमाफर्कियो । पुलिस क्लबका निरज खड्काले आयोजक टिमका मोहित गुरुङलाई डिबक्स भित्रफाउल गरेपछि फिफा रेफ्रीप्रज्वलथापामगरले आयोजकलाई पेनाल्टी अवसर प्रदान गरेका थिए । पेनाल्टीमार्फत गोल गर्दै मोहित गुरुङले आयोजकलाई बराबरीमाल्याएकाथिए ।
खेलको १९ औं मिनटमा उज्वल राईलेनै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । डिबक्स बाहिरबाट आयोजकका डिफेण्डर बिट गर्दै बल अघि बढाएका उज्वलले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमाभएको गोलनै पुलिसको जितमा निर्णायकबन्यो । दुबै टिमले अन्तिमसम्म संघर्ष गरेका थिए । खेलमादुबै टिमले आकर्षक अवसरहरु सिर्जना गरेपनिगोल हुन सकेन । खेलको ११ औं मिनटमा पुलिसकाउज्वल राईले पेनाल्टी एरियामापाएको अवसर खेर फाले । सुजन मगरको पासमाउज्वलले गरेको प्रहार फस्टबार नजिकबाट बाहिरिएको थियो ।
खेलको १२ औं मिनटमा आयोजकले गोल गर्ने सुन्दर अवसर गुमायो । निरज कार्कीले पुलिसकागोलरक्षक समेत विट गरिसकेको अवस्थामा गरेको प्रहार पुलिसका डिफेण्डर शिशिर चौधरीले उत्कृष्ट हेडिङ गर्दै गोललाईनबाट क्लिएर गरेका थिए ।
खेलको ८८ औं मिनटमा पुलिसकाआशिष राईले वन भर्सेन वनको अवसर खेर फाले । सेन्टर लाईनबाट एक्लै बल अघि बढाएका आशिषफिनिसिङमाचुक्दाआयोजकका डिफेण्डरले रोक्न सफलभए ।
दोेश्रो हाफको इन्जुरी समयमा बराबरी गर्ने अवसर आयोजकले सदुपयोग गर्न सकेन । विबेक गुरुङको पासमामोहित गुरुङको हेडिङ बल क्रसबार माथिबाट बाहिरीयो । खेलमाआकर्षक अवसरहरु बनाएपनिफिनिसिङमाचुक्दाआयोजकनवजनजागृतियुवाक्लब घरेलु मैदानमा निराशबन्यो ।
खेलको म्यान अफदि म्याच पुलिसकाउज्वल राई घोषित भए । उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत विहिबार नेपालएपिएफक्लब र फ्रेण्ड्स क्लबको बिचमाअन्तिम क्वाटरफाइनल खेल हुनेछ ।