मन्दिर परिसरमा बृक्षारोपन कार्यक्रम सम्पन्न

असोज १४ ।
श्री रामजानकी संतसंग आदर्श कोतवाल ८ द्वारा बृक्षारोपन कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।
आदर्श कोतवाक गाउँपालिका ८ स्थित रहेको बेलवा डिह स्थित मन्दिरमा बृक्षारोपन गरिएको छ । विभिन्न प्रजातिका आँपका बिरुवाहरु मन्दिर परिसर भित्र लगाईएको संत संग समाजका अध्यक्ष बिरेन्द्र यादवले जानकारी गराउनु भयो । त्यसैगरी लक्ष्मिपुर कोतवाली स्थित रहेको कोतवालमा पनि संत संग समाज द्वारा बृक्षारोपन गरिएको छ । यस्तै समाजले आउने दिनमा सिम्रौनगढ ,पचरौता र महागढीमाई नगरपालिकाका बिभिन्न धार्मिक ठाउँमा बृक्षा रोपन गर्ने गर्ने समाजमा सुरेश यादवले जानकारी गराए । उक्त अवसरमा संत संग समाजको उपाध्यक्ष रामपती देबि ,कोषाध्यक्ष रामदेव पंडित ,सचिव रामदेव कुशवाहा लगायतको सहभागिता रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस