भन्सार छलीका साडे ४ लाख बराबरको माल सामान बरामद

कलैया : प्रहरीले बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर २ चिलझप्टि स्थित बङरिखोला नजिकैबाट सोमबार भन्सार छलीका माल सामान बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय छतवाका प्रहरी बरिष्ठ नायब निरीक्षक उमाशंकर रायको कमाण्डमा खटिृएको प्रहरी टोलीले रु.त्रिचालिस हजार एक सय बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीले खजुर ३१ के.जि.६२ प्याकेट) रु. ३१ हजार भोज खाने रेडिमेट पात २६ प्याकेट रु.१ हजार ३ सय,रंग १०८ प्याकेट रु.१० हजार ८ सय रुपैया बराबरको माल सामान बरामद गरेको हो।

भारतबाट नेपाल तर्फ भन्सार छलि गरी साईकलमा बोकि ल्याउदै गरेको अवस्थामा उक्त माल सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीको गस्ती टोलीलाई देखेर उक्त माल सामान ल्याउने व्यक्ति माल सामान फाली फरार भएका थिए। उक्त सामान बरामद गरी ईलाका प्रहरी कार्यालय प्रसौनी बारामा पठाईएको छ । यस्तै प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर ६ गुप्ता पेट्रोल पम्प स्थित सडक बाट भन्सार छलीका माल सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिृएको प्रहरी टोलीले नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको मोटरसाईकलमा ल्याउदै गरेको रु उन्नतिस हजार सात सय पचाँस बराबरको डिउ र प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीको गस्ती टोलीलाई देखेर उक्त माल सामान ल्याउने व्यक्ति माल सामान फाली मोटरसाईकल सहित फरार भएका थिए। उक्त सामानहरू नियन्त्रणमा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वीरगञ्ज पढाइएको प्रहरीले जनाएको छ।

यसैगरी प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ बरेवाबाट भन्सार छलीका माल सामान बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिृएको प्रहरी टोलीले नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको मोटरसाईकलमा ल्याउदै गरेको रु.सतरी हजार बराबरको सानो बेल्ट,पर्स,ठुलो बेल्ट लगायतका माल सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। त्यसैगरी प्रहरीले बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर २ बाट सोमबार दिउसो भन्सार छलीका माल समान बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय छतवा बारा बाट खटिृएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भंसार छली गरी साईकलमाबरामद भएको माल सामानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय विरगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close