परीक्षा मर्यादित बनाउन प्रजिअ अधिकारीको कडा निर्देशन

कलैया, चैत ३ गते । चैत ७ गतेबाट सुरु हुने एसईई परिक्षा मर्यादित बनाउन केन्द्राध्यक्षहरुलाइ प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कडा निर्देशन दिएका हुन । हो ।un जफत हुने बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनु भएको छ । आज जिल्ला प्रशासन कार्यालय बारामा परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुको अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले कुनै पनि परिक्षार्थीले परिक्षाकेन्द्रमा मोबाइल लगेको भेटाएमा सो मोबाइल जफत हुने निर्देशन दिएकाहुन ।
प्रजिअ अधिकारीले यसपालिको परिक्षालाई मर्यादित बनाउन मोबाइल प्रयोगलाई निषेध गरिएको बताए । केन्द्राध्यक्षहरुको अभिमुखिकरणको क्रममा प्रजिअ अधिकारीले ४२ वटै परिक्षा केन्द्रका केन्द्राध्यक्षलाई परिक्षा मर्यादित बनाउन कडा निर्देशन दिएका हुन।
सो अभिमुखिकरण कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई बाराका प्रमुख हेमराज खतिवडाले परिक्षालाई मर्यादित बनाउन जारी भएको निती र निर्देशनको बारेमा सहभागीहरुलाई जानकारी गराएका हुन । जिल्लामा यस वर्ष १ सय ५२ विद्यालयका ९ हजार ६ सय ८६ जना विद्यार्थी परिक्षामा सहभागी भईरहेको शिक्षा समन्वय इकाई बाराका प्रमुख खतिवडाले जानकारी गराए ।