बारामा फागुन १३ देखि दादुरा–रुबेला रोग विरुद्ध विशेष खोप संचालन गरिने

 

९ फागुन, कलैया

बारामा दादुरा–रुबेला रोग विरुद्ध बिशेष खोप अभियान संचालन हुने भएको छ । नौ महिनादेखी १५ बर्ष उमेर समुहकालागी बालबालिकाकालागी खोप अभियान संचालन हुन लागेको हो । फागुन १३ गतेदेखी चैत्र ८ गते सम्म जिल्लाका १६ वटै पालिकाहरुमा खोप अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवका अनुसार जिल्लाका १६ वटै पालिकामा रहेका बालबालिकाहरुलाई खोप अभियान अन्तरगत दादुरा–रुबेला रोग विरुद्धको खोप लगाईने छ । विद्यालयमा भएका र विद्यालय बाहिर रहेका करिब दुईलाख ६४ हजार बालबालिकाहरुलाई खोप केन्द्र र विद्यालयमा पुगेर खोप लगाईने स्वास्थ्य कार्यालय बाराका प्रमुख यादवले जानकारी गराए । यस अघि खोप लगाएका बालबालिकाहरुलाई पनि खोप लगाउन प्रमुख यादवले आग्रह गरे । खोप अभियानमा सघाउन प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले अभिभावकलाई आग्रह गरे । खोप अभियानमा दुई हजार १४ जना स्वास्थ्यकर्मी र स्वयंसेवकहरु परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपबाट कुनै पनि हानी नहुने भएकाले निर्धक्क भएर खोप लिन स्वास्थ्य कार्यालय प्रमुख यादवले बालबालिकाहरुलाई आग्रह गरे । जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र साहले जिल्लाका कुनैपनि बालबालिका खोप अभियानबाट बंचित नओउन भने तर्फ सचेत रहेन र आआफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर खोप लगाउन गरे । उनले खोप अभियानमा आफ्नो आफ्नो ठाउँबाट सहयोग गरि बालबालिकाहरुलाई खोप केन्द्र सम्म पुग्ने वातावरण बनाई दिन हुन जनप्रतिनिधिहरुलाई समेत आग्रह गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close