हक्की संघको प्रदेश समिति गठन अध्यक्षमा मण्डल

बारा-नेपाल आइस हक्की संघको प्रदेश कमिटि जनकपुरमा एक समारोहका बीच गठन भएको छ । संघको केन्द्रिय उपाध्यक्ष तथा निर्वाचन समिति संयोजक बिजय खडकाको अध्यक्षता र बागमती प्रदेशका सभामुख एवम केन्दिय अध्यक्ष भुवन कुमार पाठकको प्रमुख आथित्यमा गठन भएको हक्की संघको गठन भएको हो ।

 

 

कमलेश मण्डलको अध्यक्षतामा ११ सदस्यि आइस हक्की संघको गठन भएको आयोजकले जनाएको छ । समितिको उपाध्यक्षमा उतिमलाल चौरसिया ,सचिवमा नेम्बर राई,कोषाध्यक्षमा बिष्णु कुमार यादव रहेका छन् । यस्तै सदस्यहरुमा नरेश प्रसाद गुप्ता, ध्रमेन्द्र पासवान, आशा मण्डल, जुली चौरसिया,सोनु मण्डल, र जयवीर साह रहेका छन्। यस्तै सल्लाहकारमा रहमत राई र निशा मोक्तान रहेका छन् । उक्त भेलामा आइस हक्कीको बारेमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका प्रमुख निशा कर्ण,जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल लगायतकाले आफना बिचार ब्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close