कलैयामा ब्लड बैंक भवनको शिलान्यास

कलैया – प्रादेशिक अस्पताल कलैयामा शनिबारका दिन बिधिवत रुपमा ब्लड बैंक भवनको शिलान्यास तथा अस्पतालको अर्को भवनमा बल्ड बैंकको उदघाटन समेत भएको छ ।
बारा जिल्लाको सबै भन्दा पुरानो सरकारी अस्पतालको रूपमा चिन्हने प्रादेशिक अस्पताल कलैयामा ब्लड बैंकको उद्घाटन भएपछि त्यहाँको जनसमुदायले खुशी ब्यक्त गरेका हुन। अब प्रादेशिक अस्पताल कलैयामा उपचार गराउन आउने बिरामीहरुलाई ब्लडको आवश्यकता पर्दा बाहिर दोडिरहनु पर्दै अब कलैया अस्पतालमै सबै ग्रुपका रगत यही बाट बन्दोबस्त हुने प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट बिकास कुमार साहले बताए ।
सो उदघाटन कार्यक्रमका बिशिस्ट अथिती बारा निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेश सांसद महमद समिरले प्रादेशिक अस्पताल कलैयाको पहिला देखि अहिलेको काम कर्वाहिमा सुधार भएको छ तर थाईराईड जाँच गर्ने मेसिन भिडियो एक्सरे मेसिन जन शक्तिको अभावमा थनकाएर राखिएको अवस्थामा रहेकोले जनशक्तिको ब्यवस्थापन गरि जति सक्दो चाडो थाईराईड जाँच गर्ने र भिडियो एक्सरे गर्ने सेवा सुचारु ह्ुनु पर्नेमा जोड दिनु भयो । कमिसनको लागि भिडियो एक्सरे बाहिरबाट गराउने कार्य भएको चेकजाँच गराउन ब्यक्तीहरुको गुनासो बढदै गएकोमा त्यसता कार्यहरु रोक्नका लागी अस्पताल प्राशानलाई सांसद समिरले ध्यानाकर्षण गराउनु भएको थियो । त्यसता बहुमुल्य मसिनहरु अस्पतालमा चेकजाँच नहुदा असहाय गरिब बर्गका समुदायहरुलाई पीडा भैइरहेकोमा त्यस तर्फ ध्यान दिनका लागि मधेस प्रदेश सरकारका स्वास्थ मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई प्रदेश सांसद समिरले ध्यानाकर्षण गराउनु भएको थियो।
भवनको उद्घाटन कार्यक्रमलाई प्रमुख अथिती तथा मधेस प्रदेश सरकारका स्वास्थ मन्त्री बिरेन्द्र प्रसाद सिंहले सम्बोधन गदैै प्रादेशिक अस्पताल कलैयालाई ५० बेड्बाट १०० बेडमा स्तर उनती गर्नकालागि प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको बताउनु भयो।
ब्लड बैंकको शिन्यास मन्त्री सिंह बैधिक मन्त्र द्वारा गरेका थिए । उक्त भवन छाया नेपाल नामक गोर सरकारी संस्थाको ८० प्रतिशत र प्रादेशिक अस्पताल कलैयाको २० प्रतिशत सहित कुल – १ करोड ८ लाख ४१ हजार ५ सय २३ रुपैयाँ रहेको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेम पन्डितले जानकारी गराएका छन ।सो ब्लड बैंकको भवन आर्थिक बर्ष ०८०÷०८१ को ६ महिना सम्ममा समपन्न हुने छाया नेपालका ईन्जिनियर आशिष् सिंहले जानकारी गराउनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close