हातीपाईले रोग निवारण सम्बन्धी जिल्ला स्तरीय गोष्ठी सम्पन्न

पन्नालाल दास
कलैया ,पौष ६
मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला , जनकपुरधामको आयोजनामा राष्ट्रिय हातिपाईले रोग निवारण कार्यक्रम सम्बन्धी रि प्रि टास सर्वे को लागि जिल्ला स्तरिय एक दिने अभिमुखिकरण गोष्टी सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले रोगको नाम सधारण भएपनि यो रोग जटिल प्रकार रहेको छ । समयमै परिक्षण आवश्यक छ । लक्ष्ण पनि सहजै पतो नलाग्ने र १५/१६ वर्ष पछि एकाएक हातिपाईले रोग देखा पर्ने भएको सबभन्दा उत्तम उपाय औषधी खानु र खुवाउनु पर्नेमा सजग हुनु पर्छ । यस रोगबाट वच्न लामखुट्टेले नटोकोस भने सावधानी अपनाउनु पर्ने सुझाएका छन् । प्रत्येक पालिकाका जनप्रतिनिधि र स्वास्थ्य कर्मीले समय मै नियमित औषधी खुवाउनमा हेलचक्राईका कारण योरोगको निवारण हुन नसकेकोले अब सबैजना गम्भीर हुन सरोकारवालाहरुलाई सचेत गराएका छन्।
उक्त कार्यक्रम बारे मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामाका रामकुमार महतोले सहजिकरण गरेका थिए।
बारा जिल्ला हातिपाईले रोगको जोखिममा रहेकोले औषधी खुवाएर पनि पुनः लक्ष्ण देखा परेकोले पुनः यस जिल्लालाई रोगको मुल्याँकन सर्वेक्षण गरिनु पर्ने भएको छ। महागढी नगरपालिकाको बरियारपुर र देवतालमा यो रोग गत साल फेला परेकोले एउटा वडाको ३ सय जनालाई रि प्रि टास सर्वे गरिने बताईएको छ । रोग सार्ने वाहक क्लुक्स नामक लामखुट्टे प्रमुख रहेकोले लामखुट्टको टोकाइबाट सुरक्षीत रहन सतर्कता अपनाउनु पर्ने बताए।
लामखुट्टेले टोके पछि १५/१६ वर्ष पछि रोग देखा पर्ने छ। ८ /१० महिनासम्म यसको लक्ष्ण पतो नलाग्ने रोग हो। खुट्टा सुनिन्ने(मोटो हुने) पुरुष अण्डकोष फुल्ने जस्ता रोगले मानविय जीवन धेरै नै कष्टकर हुने बताए। नियमित औषधी सेवनले लाग्नै नदिने उपाय अती उतम रहेको बताए। सिंगल डोज खाए मात्रै यो रोगबाट लाग्न बाट जोगिन सक्ने रहेकोले सम्पुणर्ले औषधी खानै पर्छ । ५ वर्ष माथि देखि उम्मेरका मानिसले अनिवार्य औषधि सेवन गर्न सके यो रोगबाट मुक्त हुने अवस्था छ। यो रोग लागि सकेपछि निको नहुने भएको स्वास्थ्य प्रति सचेत हुन बताए। हातिपाईले रोग निवारण कार्यक्रममा प्रहरी उपरिक्षक होबिन्द्र बहादुर बोगटी लगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेका थिए। डा. शुशिल साह लगायतकाले रोगबारे जिज्ञासा राखेका थिए। कार्यक्रममा सवाथ्यकर्मी लगायत सरोकारवाला निकायको सहभागिता रहेका थिए।जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले पालिकाका जनप्रतिनिधिलाई पहल गरि आफ्नो तर्फबाट हुन सक्ने भुमिका खेल्ने बताए। कार्यक्रमको उदघोष जिल्ला जनस्वास्थ्यका प्रमुख डा. रामनरेश राय यादवले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close