३० औं जनयुद्धको उपलक्ष्यमा प्रेस सेन्टर द्वारा फलफुल वितरण ।

कलैया , माघ १ ।बारा जिल्ला कलैयामा ३० औं जनयुद्धको उपलक्ष्यमा फलफुल वितरण गरेकोछ।
प्रादेशिक अस्पताल कलैयामा प्रेस सेन्टर नेपाल बाराले अज जनयुद्धको उपलक्ष्यमा अस्पतालमा उपचार गराइ रहेका ८५ जना बिरामी लाई फलफुल वितरण गरेकोछ।
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)कलैया नगर अध्यक्ष तथा फलफुल वितरण कार्यक्रमका प्रमुख अतिथी मुकेश साहले नेपालमा जति परिवर्तन आएकोछ त्यो परिवर्तन पछाडी क्रान्तिकारी धार माओवादी केन्द्र प्रत्येक अप्रत्यक्ष रुममा रहेको छ भने प्रमुख अतिथी साहले जानकारी गराए।
छोरिको बिहे हुदा मान्छे सहयोग गर्दैन,दिन दुखियालाई सहयोग गर्दै, बिरामी अचानक परिन्छ र अस्पताल पुगिन्छ त्यो बेला पैसा वा सहयोग खाचो हुन्छ त्यो बेला कोहि सहयोग गर्दैन जब कि सहयोग चाहिने बेला अस्पतालमा नै हो अस्पतालमा सहयोग हुदा बिरमी लाई र घरपरिवार दुबैलाई मानसिक र आर्थिक सहयोग गर्दा राम्रो हुने प्रमुख अतिथी साहले सेन्टर लाई धन्यवाद दिदै आफ्नो मन्तव्य राखे का थिए।