जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न मधेशी राष्ट्रिय मुक्ति मोर्चाको माग

काठमाडौँ । मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालले शनिबार जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीच भएको अन्तिम खेल पश्चात जनकपुर बोल्ट्सका समर्थकहरु माथि भएको आक्रमणको कडा बिरोध गरेको छ ।

मधेशी मोर्चाले सामाजिक सद्भावलाई बिगार्ने नियतले जनकपुर बोल्ट्सका समर्थकमाथि गाली गलौज गर्ने, हातहतियार प्रयोग गरी घाइते बनाउने कार्य भएकोले उक्त कार्यमा संलग्नलाई तुरुन्त कारबाहीको माग गरेको छ ।

मोर्चाको अध्यक्ष जगत प्रसाद यादवले सामाजिक सदभाव बिथोल्ने, राष्ट्रिय एकतालाई कमजोर बनाउने कुनै पनि गतिविधी आफुहरुलाई सह्य नहुने बताएका छन् ।

मोर्चाले एनपीएलमा उपाधी प्राप्त गर्न सफल टीमका सम्पूर्ण सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ साथै त्यसै खेल पछि आक्रमणमा परि घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।म

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close