एनएमबि बैंक लुटपाट गर्ने एक भारतीय युवक पक्राउ

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्नरहेका थिए । चार पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राही समेतलाई साना हतियार देखाई आफनो कब्जामा लिएर सो रकम लुटेका थिए । बैंकबाट पैसा लुटेर नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।

साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको  र चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । पक्राउ परेका अजय माथि हातहतियार र चोरी डाँका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई थप अनुशन्धान भईरहेको प्रहरी उपरिक्षक मल्लले जानकारी गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close